महाेत्तरी- जिल्लाकाे पिपरा गाउँपालिकामा एक दम्पति सुतेकै ठाउँबाट बेपत्ता भएका छन्। गाउँपालिकाकाे वडा नम्बर ५, सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी राति सुतेकै ठाउँबाट बेपत्ता भएका हुन्।
बेपत्ता भएका दम्पतिमध्ये श्रीमान माेसाफिर झा मोही जग्गाको मुद्दामा अदालतमा साक्षी बसेका थिए। हाल अदालतमा विचाराधीन मुद्दाका विपक्षीसँग केही दिन अघि उनको विवादसमेत भएको स्थानीयले बताएका छन्।
यस्तै सुतेकाे स्थानमा रगतसमेत भेटिएकाले घटना झनै शंकास्पद भएकाे छ। जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी उपरीक्षक टीका बहादुर केसीका अनुसार बेपत्ता दम्पतिकाे खाेजी कार्य तीव्र पारिएकाे छ।
उपरीक्षक केसी भन्छन्- 'तालिमप्राप्त कुकुर खटाएर अनुसन्धान गरिरहेका छाैं। घटनाबारे छिटै सत्यतथ्य पत्ता लाग्छ।'
बेपत्ता भएका दम्पतिकाे सकुशल खाेजीकाे माग गर्दै स्थानीयले मंगलबार बिहानैदेखि जनकपुर–जलेश्वर सडकखण्ड अवरुद्ध पारेका छन्। मालपाेत कार्यालयका अवकाश प्राप्त कर्मचारी माेसाफिर झालाई मोही जग्गा मुद्दाकाे विपक्षीले नै बेपत्ता बनाएकाे स्थानीयकाे आराेप छ।
प्रतिक्रिया