एजेन्सी - अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहकाे भिडियाे सार्वजनिक गरेकाे छ। गत शुक्रबार मंगल ग्रहमा अवतरण गरेकाे मंगल यान (पर्सिभरेन्स) अवतरण गर्दाकाे भिडियाे नासाले आफ्नाे युट्युवमार्फत सार्वजनिक गरेकाे हाे।
'उनीहरू जाे मंगल ग्रहमा कसरी अवतरण हाेला र भन्ने साेच्छन् वा उनीहरू जसलाई याे किन यति गाह्राे काम हाे भन्ने लाग्छ वा उनीहरू जसलाई मंगल ग्रहकाे अनुभव कति राेमाञ्चक हुँदाे हाे भन्ने लाग्छ भने अब उप्रान्त साेचेर बसिरहन आवश्यक छैन', नासाका प्रशासक स्टिभ जर्कजिकले भने, 'अन्तरिक्ष अन्वेषण इतिहासकै अद्भुत भिडियाे प्राप्त भइसकेकाे छ। पर्सिभरेन्सकाे याे त सुरुवातमात्र हाे।'
भिडियाे देखाइएकाे दृश्य मंगल ग्रहकाे सतहभन्दा ११ किलाेमिटर माथिबाट सुरु हुन्छ। मंगल यानमा जडित उच्च डेफिनेसनका क्यामेराहरूले त्यसपश्चात मंगल ग्रहकाे सतहमा अवतरण गर्दासम्मकाे दृश्य कैद गरेका छन्।
झण्डै ४७ कराेड किलाेमिटर यात्रा गरेर मंगल ग्रह पुगेकाे पर्सिभरेन्सले मंगल ग्रहमा जीवन रहे नरहेकाे अध्ययन गर्ने बताइएकाे छ।
यस्ताे छ भिडियाे ः
प्रतिक्रिया