एजेन्सी- अस्ट्रेलियासँगको पहिलो टी–२० क्रिकेट न्युजिल्याण्ड ५३ रनले विजयी बनेको छ। क्राइस्टचर्चमा पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो।
जितका लागि एक सय ८५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १७ ओभर ३ बलमा एक सय ३१ रन बनाउँदा अलआउट भयो। अस्ट्रेलियाका लागि मिचेल मार्शले सर्वाधिक ४५, एस्टन अगरले २३ र एडम जाम्पाले अविजित १३ रन जोडे। न्युजिल्याण्डका इश सोधीले चार विकेट लिए। त्यस्तै टिम साउथी र ट्रेण्ड बोल्टले दुईरदुई विकेट लिए।
न्युजिल्याण्डका लागि डेभन कोन्वेले अविजित ९९ रन बनाए । अस्ट्रेलियाका ड्यानिल साम्स र झे रिचार्डसनले दुईरदुई विकेट लिए। जितसँगै पाँच खेलको शृङ्खलामा न्युजिल्याण्डले १–० को अग्रता बनाएको छ । टी–२० शृङ्खला खेल्न अस्ट्रेलिया न्युजिल्याण्ड भ्रमणमा छ।
प्रतिक्रिया