काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । एमसीसी उपाध्यक्ष फातिमाले शुक्रबार सिंहदरबारमा पुगेर मन्त्री भुसालसँग भेट गरेकी हुन् ।
भेटमा एमसीसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गरेकी थिइन् । जवाफमा मन्त्री भुसालले दलहरूबीचको सहमतिको आधारमा एमसीसीलाई अघि बढाउने धारणा राखेको उनको सचिवालयले जनाएको छ ।
भेटमा उनीहरूबीच नेपालको जल विद्युत तथा सडक पूर्वाधारको निर्माणका लागि दिइने सो अमेरिकी अनुदान सहायता कार्यान्वयनका विषयमा पनि छलफल भएको थियो ।
प्रतिक्रिया