काठमाडौं : मेलम्ची खानेपानीको सुरुङमा पानी पठाउने काम सुरु भएको छ । सोमबार खानेपानी मन्त्री मणि थापा र शहरी विकास मन्त्री रामबीर मानन्धरले संयुक्त रूपमा स्वीच थिचेर सुरुङमा पानी पठाउने कामको सुरुवात गरेका हुन् ।
साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण थालिएको हो। खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण सुरु गरिएको हो ।
प्रतिक्रिया