लेटेस्ट न्युज
advertisement1

कुलमान नियुक्ति प्रकरण, सर्वोच्चले माग्यो सक्कल फाइल 

Maryada News 2021-08-24 17:29:25
कुलमान नियुक्ति प्रकरण, सर्वोच्चले माग्यो सक्कल फाइल 

काठमाडौं : सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय र प्राधिकरण र  हितेन्द्रदेव शाक्यबीच भएको सहमतिको सक्कल फाइल झिकाउन आदेश दिएको छ । 

आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहालीको माग राखेर शाक्यले दायर गरेको रिटमामाथि मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले तीन दिनभित्र सक्कल फाइल झिकाउन आदेश दिएको हो । 

इजलासले कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयको सक्कल तथा प्राधिकरण र शाक्यबीच भएको सम्झौताको फाइल तीन दिनभित्र झिकाउन आदेश दिएको छ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्