लेटेस्ट न्युज
advertisement1

आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

Maryada News 2021-08-24 10:39:10
आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

काठमाडौं : आज मंगलबार मुलुकका चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एक वा दुई  स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षा हुने देखिन्छ ।

मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागभन्दा केही दक्षिण तिर रहेको र विस्तारै तराई केन्द्रित हुँदै गएकाले मनसुन सक्रिय बनेको महाशाखाका मौसमविद्ले बताएका छन् ।

मंगलबार राति देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार मुलुकका धेरै ठाउँमा वर्षाको आँकलन गरिएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका  एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार रातिबाट मनसुन अझ सक्रिय रहने महाशाखाका अनुमान छ । राति गण्डकीका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

बिहीबार देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाको आँकलन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्