काठमाडौं– आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन्।
अर्थ मन्त्रालयको अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिव आचार्यलाई मन्त्रालयले विभागको महानिर्देशकमा नियुक्त गरेको हो।
यसअघि उनी मध्यमस्तरीय करदाता कार्यालयको प्रमुखसमेत रहिसकेका थिए।
माघ १ गते तत्कालिन महानिर्देशक विनोदबहादुर कुँवरको सरुवा भएपछि विभागमा रिक्त रहेको पदमा आज शुक्रबार आचार्य नियुक्त भएका हुन्।
प्रतिक्रिया