लेटेस्ट न्युज
advertisement1

महामारीमा पनि खुशी हुँदै बाँच्न सिकौँ

महामारीमा पनि खुशी हुँदै बाँच्न सिकौँ

कोरोना महामारीको सङ्कट अझै पनि विश्वभर छ। महामारीको सङ्कट सेलाउन नपाउँदै प्राकृतिक विपत्तिको मारले वातावरण विनास गर्दै धनजनको क्षति पु-याएको छ।दोहोरो विपत्तिले मानवीय जीवनलाई थप कठिन र तनावपूर्ण बनाएको छ । उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय, दैनिक मजदुरी, ज्यालादारी, सेवाप्रवाह लगायतका हरेक क्रियाकलापहरुले गति लिन सकेका छैनन् । 

दिनभरि पसिनासँग श्रम साटेर साँझ बिहानको छाकको जोहो गर्नेहरुको बिचल्ली भएको छ । देशमा आर्थिक सङ्कट, गरिबी, बेरोजगारी, उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसाय धरासायी बन्दै गएका छन् ।

दिन प्रतिदिन एकपछि अर्को समस्याहरु थपिँदै गइरहेका छन् । संक्रमित हुने र मृत्यु हुनेको अनुपात अपेक्षित रुपमा घट्न सकेको छैन। अनपेक्षित र आकस्मिक रुपमा आएको यस सङ्कटपूर्ण अवस्थाले मानवीय जीवन दु:खदायी र  न्यास्रोलाग्दो बनेको छ । महामारीको समयमा जेष्ठ नागरिक, महिला, लोपोन्मुख, सीमान्तकृत, गरीब, अपाङ्गता भएका व्यक्तिहरुको दिनचर्या थप भयावह र कष्टकर बनाएको छ ।

हरेक वर्ष बाढी पहिरो, नदी कटानबाट जनधनको क्षति भइरहेको छ । नदी किनारा, भिरालो जोखिमपूण ठाउँहरुमा बसोबास गर्ने समुदायको उठिबास लागेर विचल्लीा हुँदै आएको छ । एकातिर कोरोना महामारी, अर्कोतिर प्राकृतिक विपत्ति  एकपछि अर्को गर्दै थपिँदै गएको छ ।

दिनभरि पसिनासँग श्रम साटेर साँझ बिहानको छाकको जोहो गर्नेहरुको बिचल्ली भएको छ । देशमा आर्थिक सङ्कट, गरिबी, बेरोजगारी, उद्योग धन्दा, कलकारखाना, व्यापार व्यवसाय धरासायी बन्दै गएका छन् । गत वर्षदेखि शैक्षिक क्षेत्रको अवस्था त्यस्तै बेहाल छ । 

नेपालमा करिब ६५ प्रतिशत जनताले सूचना प्रविधिको उपयोग गर्दछन् । यसले नेपाल पूर्ण प्रविधिमैत्री बन्न नसकेको देखाउँछ । अझै पनि बच्चालाई हप्काएर, डर देखाएर, कुखरा बनाएर, लट्ठीको प्रयोग गरेर अध्ययन, अध्यापन गर्ने हाम्रो परम्परागत पवृृत्ति अझैँ निमिट्यान्न हुन सकेको छैन । 

सामाजिक सञ्जालहरुमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको तस्बिर राखेर मृत्यु उत्सव मनाए जस्तो गरेका भेटिन्छन् । यसले मानव मनोविज्ञानमा कति असर पार्दछ भन्नेमा धेरैको ध्यान जान सकेको छैन ।

यस्तो संस्कृतिमा भर्चुअल कक्षा कत्तिको प्रभावकारी बन्न सक्छ रु प्रविधिको पहुँच हुनेहरुका लागि पनि अहिले चलाइएको भर्चुअल शिक्षा  प्रभावकारी बन्न सकेको देखिँदैन । निम्न र अति निम्न आर्थिक अवस्था भएका परिवारले इन्टरनेट र मोबाइल समेत जोहो गर्न नसक्दा बालबालिकाहरुमा मनोवैैज्ञानिक असर परिरहेको छ । 

सङ्कटपूर्ण अवस्थाले समग्र मानव मनोविज्ञानमा असर पुगेको छ । परिणाम  मानव अधिकार उल्लङ्घनका घटनाहरु थपिँदै छन् । जताततै निस्सारपूर्ण, दुखदायी अवस्था छ । सामाजिक सञ्जालहरुमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको तस्बिर राखेर मृत्यु उत्सव मनाए जस्तो गरेका भेटिन्छन् । यसले मानव मनोविज्ञानमा कति असर पार्दछ भन्नेमा धेरैको ध्यान जान सकेको छैन ।

रातपछि दिन, दुःखपछि सुख, विनासपछि विकास शाश्वत हो । सरोकारवाला निकायले महामारीबाट उत्पन्न समस्यालाई समाधान गर्दै  चुनौती न्यूनीकरण गर्न जोड दिनु आजको आवश्यकता पनि हो । हरेक व्यक्तिले विषम परिस्थितिमा पीडालाई शक्तिमा बदल्न जरुरी छ ।

समस्या र चुनौतीलाई चिर्दै जीवनलाई  खुशी बनाउँनु छ । जीवनलाई गतिमा हिडाउँनु छ । सङ्कटले मानव मनोविज्ञानमा असर पार्ने हुँदा मानव मनभित्र पीडा, छटपटी, चिन्ता र बिकारहरु उत्पन्न हुन्छन् । तिनीहरुलाई हटाउन नसकेमा अर्को दुर्घटना निम्तिने  खतरा हुन्छ जसलाई बाहिर फयाँकी मन शुद्ध र सफा राख्नु जरुरी छ ।

समाजमा जताततै मानिस मानिसबीचको दूरी पनि त्यत्तिकै बढ्दै गएको पाइन्छ । छरछिमेकमा सङ्क्रमितको सङ्ख्या र सङ्क्रमित  नहुनेको मनमा डर, त्रास, भयको आतङ्क मच्चिन्छ । कोरोना महामारीको दोस्रोे लहरसँगै तेस्रोे लहरको खतरापूर्ण  सङ्केत अनुमान गरिएको छ ।

हरेक व्यक्तिले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अति आवश्यक छ । विषम परिस्थितिमा शरीर, मन र बुद्धिलाई स्वच्छ, सफा,  निर्मल बनाउन जरुरी छ । विज्ञानको आडमा संसार जितेर विश्व एक बनाएको मानवलाई सुक्ष्म भाइरस र प्राकृतिक विपत्तिले बिचल्ली बनाएको अवस्था छ । हामीभित्र रहेका दम्भ, डर, त्रास, पीडा र अहङ्कारलाई हटाएर मानव जीवनलाई स्वस्थ र खुशी राख्नु पहिलो आवश्यकता बनेको छ । 

पारिवारिक वातावरणलाई सुरम्य र सौम्य बनाउँदै परिवारमैत्री बनाउनु पर्दछ । आज यान्त्रिक जस्तै बनेको मानवले  सङ्कटको घडीमा परिवारका सदस्यलाई समय दिन पाएको छ  । यसलाई अवसरको रुपमा लिनु पर्दछ । आपूmले, आफैलाई माया गर्ने आफ्नो प्रतिभा सृृजनालाई उजागर गर्ने समयको रुपमा लिनु पर्दछ । बाँझो बारी, खेत र गह्राहरुमा सुन फलाई जीवनलाई सहज बनाउनु पर्दछ । हाम्रो देश ॠषिमुनिहरुको तपोभुमी हो ।

हाम्रा धर्म संस्कार परम्पराहरुका पछाडि विभिन्न कारणहरु भेटिन्छन् । गत वर्षदेखि कोरोनाले मानवलाई झस्काइ दिएको छ । मानव जीवनलाई लयमा हिडाउन जरुरी छ । शरीर र मनलाई जोड्दै शुद्ध बनाउनु पर्दछ । यसले सकारात्मक उर्जाहरु उत्पन्न भई असहज परिस्थितिलाई सहज रुपमा सामना गर्न मद्धत गर्दछ ।

योग, प्राणायम, ध्यान, जप, पाठ हाम्रा अग्रजहरुले सिकाएको पद्धतिलाई अनुशरण गर्न सकेमा महामारी र विपत्तिको समयमा  आफूलाई खुशी बनाउन सकिन्छ । मनलाई खुशी राख्न सक्नुका साथै सकारात्मक उर्जाहरु प्रवाह हुन थाल्दछन् । योगले मन र शरीरलाई जोड्दै सुन्दर भावना अभिप्रेरित गर्दछ । मनमा आएका निराशा, कुण्ठा, पीडा, छटपटी लगायतका बिकारहरु बाहिर फाल्नको लागि मद्धत गर्दछ ।

असज परिस्थितिमा पनि रमाउने बानी पर्दछ । नानी बाबुहरुलाई सृजनात्मक काम, करेसा बारीमा फूल रोप्ने, गोडमेल गर्ने र घरायसी काममा लगाउने, हाम्रा संस्कार, मूल्य मान्यताहरु सम्बन्धी जानकारी दिन सकिन्छ ।  प्रकृतिको गति हुन्छ । आँधी बेहरी, हुरी बतास र चट्टानपछिको प्रकृति खुल्दछ । सफा, मनमोहक, कन्चन र निर्मल हुन्छ । सङ्कट विपद् भनेका मानव जीवनमा आइपर्ने स्वभाविक प्रक्रिया हुन् । यो निरन्तर चलिरहन्छ ।

प्रकृतिमा वर्षा र शिशिरपछि वसन्त आउँछ भन्ने बुझेर विशेष परिस्थितिलाई सहज बनाउँदै लैजानु जरुरी छ ।सङ्कट र विपद व्यवस्थापन गर्नका हरेकले आफ्नो ठाउँबाट सक्दो प्रयास गर्नु पर्दछ । सरकारी, गैरसरकारी, सामुदायिक संघ, संस्था र मानव अधिकारकर्मीहरुले पनि सचेतनासम्बन्धी कार्यमा जोड दिनु पर्दछ ।

मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र परिपूर्ति गर्ने पहिलो दायित्व राज्यको हो । प्राकृतिक प्रकोप, सङ्कटमा परेका नागरिकहरुको अधिकार रक्षार्थ राज्य थप जिम्मेवार हुनुपर्दछ ।

भोकको समयमा मिलेर भोजन बाँडेर खान सिकौँ । महामारीपूर्ण सङ्कटको बेला सबैले एक अर्काप्रति सहानुभूति, दया, माया, मानव सेवा र सद्भाव राख्नु पर्दछ । मानवको हित, सुख शान्ति र समृद्धिको लागि सम्पूर्ण, परोपकार, त्याग, सेवा भाव जागृत गराउनु आवश्यक छ ।

मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र परिपूर्ति गर्ने पहिलो दायित्व राज्यको हो । प्राकृतिक प्रकोप, सङ्कटमा परेका नागरिकहरुको अधिकार रक्षार्थ राज्य थप जिम्मेवार हुनुपर्दछ । त्यसमा पनि विपद्को  सबैभन्दा जोखिममा पर्ने वर्ग जेष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्तिहरु, सिमान्तकृत, उपेक्षित, गरीब, किसान मजदूरहरुको लागि राहत, आधारभूत सेवा सुविधा उपलब्धताको व्यवस्था राज्यले गर्नु पर्दछ । 

राज्यले यस्ता विपद र महामारीको समयमा विशेष सजगता अपनाउनु पर्दछ । यस्तो बेलामा राज्यको एक्लो प्रयासले मात्र पुग्दैन सबैले आआफनो ठाउँबाट पनि सक्दो प्रयास गर्नु आवश्यक हुन्छ । सरकारले बनाएका कानुनहरुको परिपालना गरौँ । रोग प्रतिरोधात्मक क्षमता बढाऔँ ।

कमजोर भएर, निरासा, र उराठ, चिन्तित भएमा रोगसँग लड्ने क्षमता कम हुँदै जान्छ । महामारीलाई सहज रुपमा स्विकार गर्दै खुशी हुनु एउटै मात्र विकल्प हो । त्यसैले खानपानमा ध्यान दिई योगाभ्यास र सक्रिय जीवनलाई चलायमान बनाइ खुशी र स्वस्थ रहनु जरुरी छ ।  हरेक तह र तप्काबाट समन्वय, सहकार्य र सहअस्तित्वको माध्यमबाट सङ्ककट र विपद व्यवस्थापन गर्नु अबको आवश्यकता  बनेको हो । 

  -  कल्पना नेपाल आचार्य
   मानव अधिकार अधिकृत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्