काठमाडौँ । नेप्से सूचक १६.९७ अंकले घटेर २८०१.१३ को विन्दुमा पुगेको हो । आज कारोबारमा आएका २२२ कम्पनीका १ करोड १६ लाख ६४ हजार २ सय ७ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९ सय ७६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
जस मध्ये छिमेक लघुवित्तको सबैभन्दा धेरै ४३ करोड ५४ लाख बराबरको र अपर तामाकोशीको २६ करोड १६ लाख बराबरको कारोबार भएको छ । आज अपरको शेयर मूल्य सबै भन्दा धेरै ५.४५ प्रतिशतले घटेको छ । आज कारोबारमा आएका लघुवित्त र विकास बैंक बाहेकका सबै समुहगत सूचक घटेका छन् ।
प्रतिक्रिया