लेटेस्ट न्युज
advertisement1

कांग्रेसमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्छः नेतृ कोइराला

Maryada News 2021-07-03 08:52:05
कांग्रेसमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्छः नेतृ कोइराला

काठमाडाैंः नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएकी छिन्। नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित ‘कांग्रेस महाधिवेशन र श्रमजीवी’ विषयक कार्यक्रममा उनले यस्ताे अभिव्यक्ति  दिएकी हुन्।  

पूर्व उपप्रधानमन्त्री कोइरालाले मुलुकमा प्रजातन्त्र ल्याउनदेखि हरेक आन्दोलनमा श्रमजीवी वर्गले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्ने बताइन्। वर्तमान सरकारले श्रमिकको समस्या समाधान गर्न नसकेको उनकाे भनाइ थियो।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको रुपान्तरणका लागि श्रमिकको महन्त्वपूर्ण भूमिका रहेको बताए। पार्टी र श्रमिक सँगसँगै गएमात्र पार्टी बलियो हुने उनकाे भनाइ थियो। प्रवक्ता शर्माले पनि सरकारले जनताको हितमा काम गर्न नसकेको बताए। 

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष अजयकुमार राई, केन्द्रीय सदस्य बलदेव तामाङ, प्रदेश २ का अध्यक्ष लक्ष्मण कुर्मीलगायतले श्रमजीवीको मुद्दा र उपस्थिति गराउने विषयमा कांग्रेस नेतृत्व उदासिन रहेको बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्