भाइ कमलको विवाहको लागी केटी हेर्दै थियौँ। अमेरिकामा गणित विषयमा विद्यावारिधि गर्दै गरेको, आफ्नै खुट्टामा उभिएको, ड्रग नखाने मेरो पढन्दास भाइलाई तारा दिदीले पख ग्रिन कार्ड भएको केटी खोज्छु भन्दै हुनुहुन्थ्यो। ग्रिन कार्ड भएका केटीहरूले झन् विदेशी नागरिक भई सकेको केटो खोज्दा रहेछन् ! मैले पहिले नै ठकुरानी विवाह गरेको हुनाले भाइ कमलको लागि चाहिँ 'झापा कि या स्याङ्जाकी भए पनि हुन्छ तर बाहुन कै कन्या हुनुपर्छ' भन्ने आमाको अर्ति थियो ।
अनि खोजी सुरु भयो, सगोत्री बाहेकका बाहुनकी छोरी हेर्न थालियो। पोखरा तिरका आचार्यदेखि बैतडीका पन्तका छोरीहरूसम्म कुरा चल्यो। कसैलाई ज्वाइँ सरकारी जागिरे नै चाहिने त कसैलाईअष्ट्रेलियाको पिआर ! खोज जारी थियो। पौड्यालको छोरी माग्न जाँदा ‘जैसीको छोरालाई नदिने’ भन्ने कारण सुन्दा तारा दिदी कड्किनु भो, ‘तिमी त जोशी हौ नि !’ के ठान्छन् आफूलाई पूर्वे बाहुनहरू ? हुन त हामी ‘घ्यू पोल्ने’ बाहुन अर्थात् ‘पुजारी बाहुन’ हौँ । हाम्रो सुदूरपश्चिमको बझाङ जिल्लामा त ‘घ्यू पोल्ने’ लाई उपाध्याय बाहुन र ‘घ्यू खाने’लाई दोस्रा बाहुन अर्थात् ‘जैसी बाहुन’ (खट्केला)भन्छन् ।
अहिले युरोप, अमेरिका, अष्ट्रेलियाजस्ता विकसित मुलुकमा बसेका नेपालीहरूले बिहेको कुरामा जात अनिवार्य झैँ हेरिरहेको कुरा नयाँ जस्तो लाग्दैन ।
‘जातीयताको दृष्टिले हाम्रो समाजमा ब्राह्मणमध्ये पनि ‘जोशी’ बाहुनले ‘जैसी’ बाहुनलाई ‘बा’ हुन् ‘बा’ हैनन् जस्तो व्यवहार गरिरहेका छन् । अन्तर्जातीय विभेदको के कुरा गर्नु दिदी ’ मैले भनेँ । दिदी सुनिरहनुभयो । फेरि मैले भनेँ, ‘तर, दिदी यो मामला जातभन्दा पनि उहाँहरूले ‘वर्ग’ र ‘हैसियत’ बारे सोच्नुभएको जस्तो लाग्यो मलाई । पौड्यालकी छोरी नर्स परिन्, सके अष्ट्रेलियाको पिआर, नभए पनि काठमाडौँमा घर भएको या मेडिकल डाक्टर केटो खोजेका रहेछन् ।’
न कमलसँग पिआर या ग्रिन कार्ड थियो न त्यो बेला उसको काठमाडौँमा घर नै थियो। त्यसैले छोरी नदिन ‘जोशी’लाई ‘जैसी’ भनेर पन्छाउन खोजेका रहेछन्। उनीहरू जातीयबाट अलि फरक भएर वर्गीय विभेदमा प्रवेश गरेका रहेछन्, पछि मात्र थाहा भयो । अहिले युरोप, अमेरिका, अष्ट्रेलियाजस्ता विकसित मुलुकमा बसेका नेपालीहरूले बिहेको कुरामा जात अनिवार्य झैँ हेरिरहेको कुरा नयाँ जस्तो लाग्दैन । मैले बोस्टन, न्यु योर्कजस्ता सहरहरूमा पनि समग्र नेपालीहरूको कार्यक्रमभन्दा बढी सङ्ख्यामा जातीयता मात्रै देखिन्छ ।
सामूहिक नेपालीहरूले कुनै कार्यक्रममा सहभागिता जनाउनुपर्नेमा ‘गुरुङ,’ ‘नेवार,’ ‘चौधरी,’ ‘राई’ लगायतका समाजमा नेपाली दाजुभाइ विभक्त भएको धेरै पटक देखेँ । त्यो मात्रै होइन पूर्वेली, पश्चिमेली समाज पनि नेपालका राजनैतिक दलसँग आबद्ध स-साना गुट-उपगुट जस्तै देखिन्छन् । कतिपय यस्ता गुट–झुण्डको समूहले सद्भाव कायमै नहुने गरी समग्र नेपालीप्रति नैराश्यता र सह(जातिप्रति मात्र माया दर्साएको पाइन्छ । समुदायमा बस्ने विदेशी नागरिक पनि नजिक हुने ठाउँमा यी गुट–झुण्डहरू टाढा हुने गरेको नयाँ होइन । के यो विभेद होइन ?
तारा दिदी भान्सामा गएपछि मैले कमललाई सोधेँ, ‘अब तँ पनि अमेरिका आइसकिस्, के गर्ने अब भन् पौड्यालकी छोरीलाई भगाई लाने हो त ? मैले जिस्किँदै गर्दै सोधे । कमलले मुस्कुराउँदै भन्यो, ‘भो दाइ, लभ पर्या केटी भए भगाउनु, माग्या केटी बाउले दिन्न भने के जोर गर्नु ? बरु मलाई उनको विवाहमा चाहिँ जान मन छ !’ हैट मूला !‘तिनको बिहेमा के भोज खान जान्छस् ?’ मैले दाइको पारामै भनेँ !
रुढीवादी सङ्कीर्ण सोचको मलजल मिले यो आधुनिकताको खोस्टोभित्र निष्क्रिय रहेको विभेदको बीउ अङ्कुरित हुन्छ ।भेदभावको उम्रिँदो टुसालाई स्थानीय प्रशासन या बहुसङ्ख्यकको शासनबाट घेरबार र संरक्षण मिल्यो भने यो दुर्गन्धित काँडे वन माराको झारझैँ चार जात छत्तीस वर्णको साझा फूलबारी झाँगिँदै जान्छ ।
हैन दाइ, कमलले आकाशतिर हेर्दै भन्यो, ‘मलाई तिनको विवाहमा पुजारी भएर जानु छ र देखाउनु छ, देखाउनु छ, कि म जोशी हुँ जैसी हैन भनेर !’ केटोलाई चित्त दुखेको रहेछ ! मानौँ या नमानौँ हामी सबैभित्र आफ्नै जाति, धर्म, वर्ण, वर्ग र छालाको रङ्गप्रति विभेदको बीउ मनको कुनामा बसेको हुन्छ। त्यो बीउ उपयुक्त वातावरण पाए अङ्कुरित हुन्छ । अलि दक्षिणपन्थी हावा लागेमा अराजकताको वृष्टि हुन्छ । रुढीवादी सङ्कीर्ण सोचको मलजल मिले यो आधुनिकताको खोस्टोभित्र निष्क्रिय रहेको विभेदको बीउ अङ्कुरित हुन्छ ।
भेदभावको उम्रिँदो टुसालाई स्थानीय प्रशासन या बहुसङ्ख्यकको शासनबाट घेरबार र संरक्षण मिल्यो भने यो दुर्गन्धित काँडे वन माराको झारझैँ चार जात छत्तीस वर्णको साझा फूलबारी झाँगिँदै जान्छ ।
केही साताअघि सामाजिक 'अभियन्ता' का समर्थकले तराई घर भएका कर्तव्यमा खटिएका ट्राफिक प्रहरीलाई रङ्गभेदी शब्दसहित धम्की दिएको घटना सेलाउन नपाउँदै जातीय र वर्गीय विभेदका कारण घटेका 'जात नमिले' कोठा भाडामा नदिने जस्ता अ संवेदनशील घटनाहरू सतही रूपमा अन्य प्रतीत भए पनि गहिरिएर हेर्ने हो भने यी मनभित्र लुकेर बसेका सङ्कीर्ण विभेदकारी सोचको कुरूप बाह्य अभिव्यक्ति हुन् ।
यस्ता घटनालाई नेपालमा यस्तै हो भनेर अन देखा गर्दै छन् त केही तप्का तिमीलाई कोठा मिलेन मलाई कोटा भनेर सामाजिक सञ्जालमा मेमे शेयर गरेर बसिरहेछन् । गत वर्षको रुकुम घटनाका पीडितले अझैँ उचित न्याय पाएका छैनन्। एक तप्का प्रगतिशील सचेत नागरिक यो दण्डहीनताको परिणाम हो भनी यस्ता घटनाको राजनीतिकरण नगरी निष्पक्ष छानबिन गरी अपराधीलाई दण्ड र पीडित पक्षलाई राहतको माग गर्दै छन् भने समाजको आफूलाई पुनरुत्थानवादी भन्ने तर वास्तवमा दक्षिणपन्थी सङ्कीर्ण सोचले ग्रसित ठूलो जमात यस्ता घटनामा बहुसङ्ख्यकको बल मिच्याईंको घुमाउरो पारामा पक्ष पोषण गर्दै छ।
हो ! दुर्भाग्य बस् २१ औँ शताब्दीमा अझै विभेद छ, के हामीलाई साँच्चै खेद छ ? आज नेपालमा मात्रै नभई विश्व एकताका प्रजातन्त्र र उदारवादका पर्याय मानिने भारत, बेलायत, ब्राजिल लगायत देशहरूमा पनि रङ्गभेदी नस्लवादी, उग्र–राष्ट्रवादी, र निषेधात्मक सोच हाबी भएका नरेन्द्र मोदी,बोरिस जोनसन, जायर बोल्सोनारो जस्ता दक्षिणपन्थी नेताहरू सत्तासीन भएका छन् ।
गत वर्ष अमेरिकाको मिनियापलिसमा अश्वेत वर्णका अफ्रिकन–अमेरिकन समाजका जर्ज फ्लायडलाई एक श्वेत प्रहरीले दिनदहाडै घाँटी थिचेर मारेपछि अश्वेत जीवनको पनि मूल्य छ भन्ने (ब्ल्याक लाएव्स् म्याटर) आन्दोलन फेरि भड्किरहेको छ ।
अवसरअनुसार कुनै बेला पुटिन, कुनै बेला मोदी हाबी भइरहन्छन् । आफ्ना अनुयायी जस्तै अन्धभक्तबाहेक सबैलाई देशद्रोही वा समाज विरोधी देख्नु उनीहरूका लागि नौलो कुरा होइन । यी सबै गोयबल्सका अनुयायी हुन् ।
मार्टिन लुथर किङले देखेको समान समाजको सपना फेरि टुटेझैँ प्रतीत भएको छ । यस्तो घटनाहरूको परिदृश्यमा राष्ट्रपति ट्रम्पले बारम्बार साम्प्रदायिक हिंसा भड्काउने अभिव्यक्ति दिनु जिम्मेवार छ । तर, आश्चर्य कुरा के छ भने कयौँ ट्रम्पका अनुयायीहरू र उनका समर्थक मिडिया हाउसहरूले यस्तो अभिव्यक्तिको बचाउ मात्रै हैन वाक स्वतन्त्रताको सम्मान भनेर प्रशंसासमेत गरिरहेका छन् ।
अवसरअनुसार कुनै बेला पुटिन, कुनै बेला मोदी हाबी भइरहन्छन् । आफ्ना अनुयायी जस्तै अन्धभक्तबाहेक सबैलाई देशद्रोही वा समाज विरोधी देख्नु उनीहरूका लागि नौलो कुरा होइन । यी सबै गोयबल्सका अनुयायी हुन् । एउटा झुटलाई सयौँ पटकदोहोर्याएर तथ्य जस्तै देखाइदिने ! हाम्रो प्रधानमन्त्रीका विगत तीन वर्षका गतिविधि हेर्दा नेपालको परिप्रेक्षमा ओलीको नेतृत्वले पनि यिनकै अनुशरण गरी रहेको प्रतीत हुन्छ ।
प्रथम र दोस्रो विश्वयुद्धको सँघारमा यस्तै नेताहरूको उत्थान भएको थियो । आज फेरि संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, सार्कजस्ता अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरू फेरि निरीह छन् । यो विश्वबन्धुत्वको भावना र समानता सामाजिक न्याय खोज्नेहरूका लागि खतराको घण्टी हो । अब नेपाल फिर्ता आउँ । हेरौँ आफ्नै गाउँ ठाउँ । छर्लङ्गै छ अझै भेदभावस् कहीँ कालाको, कहीँ गोराको। कुल, वर्ण, जातपातको धनी, गरिब र औकातको। जताततै विभेद छ, के हामीलाई साँच्चै खेद छ ?
हो, विभेद विद्यमान छ, खै के समाधान छ ? कहीँ जयजयकार छ । कहीँ अहङ्कार छ। कसैको घर छ, कार छ। कसैका आफ्नै पुलिस, आफ्नै सरकार छ ! कसैको छोरो जापान कोरिया, कसैको छोरो मलेसिया।कोही भन्छ स् भारत जाके तुने क्या कियारु मेरो त छोरो क्यानडा, ज्वाइँ अस्ट्रेलिया !
हो ! मनको कुनामा गहिरो विभेद छ, के हामीलाई यसको चेत छ ?
- विष्णु जोशी
खप्तड छान्ना गाउँपालिका -५, पिठा तोला, बझाङ
हाल : विद्यावारिधि (रसायन शास्त्र)
युनिभर्सिटी अफ म्यसाचुसेट्स, अमेरिका
प्रतिक्रिया