काठमाडाैंः देशका सात वटै प्रदेशमा आज बजेट प्रस्तुत हुने भएकाे छ। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज सात वटै प्रदेश सभामा सार्वजनिक हुँदैछ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट पेश गर्नै पर्ने हुन्छ। साेहीअनुसार आज बजेट ल्याउन लागिएकाे हाे।
कर्णाली प्रदेशमा दिउँसो १ बजे बजेट प्रस्तुत हुने भएकाे छ भने प्रदेश नम्बर १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदैछ। यस्तै प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने तयारी छ।
प्रतिक्रिया