एजेन्सीः अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप क्रिकेट प्रतियाेगितामा टाेलीकाे संख्या बढाउने भएकाे छ। मङ्गलबार एक निर्णय गर्दै आईसीसीले एकदिवसीय र टी ट्वेन्टी विश्वकपमा टाेली संख्या बढाउने जनाएकाे हाे।
याे निर्णयसँगै अब एकदिवसीय विश्वकप प्रतियाेगितामा १४ वटा राष्ट्रले भाग लिनेछन् भने टी ट्वेन्टी विश्वकप प्रतियाेगितामा २० वटा राष्ट्रले भाग लिनेछन्। मङ्गलबार सन् २०२३ देखि २०३१ सम्मकाे कार्यक्रम सार्वजनिक गर्दै आईसीसीले यस्ताे निर्णय गरेकाे हाे।
यद्यपि एकदिवसीमा १४ वटा राष्ट्रले सहभागिता जनाउने निर्णय भने सन् २०२७ काे विश्वकप संस्करणबाट लागू हुनेछ। यस्तै टी ट्वेन्टीमा २० राष्ट्रले सहभागिता जनाउने निर्णय भने सन् २०२४ काे विश्वकप संस्करणबाट लागू हुनेछ।
आईसीसीकाे यस निर्णयले नेपालजस्ता एसाेसियट राष्ट्रलाई निकै फाइदा पुगेकाे छ। अब नेपालले पनि विश्वकप प्रतियाेगिता खेल्ने सम्भावना बलियाे भएकाे छ।
यस्तै आईसीसीले च्याम्पियन्स् ट्रफी पुनः हुने बताएकाे छ। च्याम्पियन्स् ट्रफि सन् २०१७ मा अन्तिम पटक भएकाे थियाे।
प्रतिक्रिया