लेटेस्ट न्युज
advertisement1

काठमाडौंका तीन स्थानमा बर्डफ्लु सङ्क्रमण

Maryada News 2021-05-27 11:09:41
काठमाडौंका तीन स्थानमा बर्डफ्लु सङ्क्रमण

काठमाडौंः उपत्यकाकाे तीन स्थानमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ। पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरि नगरपालिका–२ मा सङ्क्रमण पुष्टि भएको हो।

उक्त स्थानका कृषकले पालेका टर्कीको नमूना केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा जेठ १० गते बर्डफ्लु पुष्टि भएको विभागका सूचना अधिकारी डा चन्द्र ढकालले जानकारी दिए। उनका अनुसार उक्त स्थानमा सङ्क्रमण फैलिन नदिन तथा तत्काल नियन्त्रणमा लिन विभागले सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएका क्षेत्रमा रहेका घरपालुवा पंक्षी तथा रोेग सार्न सक्ने अन्य वस्तुसमेत बुधबार नै नष्ट गरिएको छ।

उक्त क्षेत्रबाट पाँच सय ३५ टर्की, चार सय ९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० हाँस, एक सय ७८ अण्डा र नाै सय किलो दाना नष्ट गरिएको थियो। पशुपंक्षी मन्त्रालयले पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्न आग्रह गरेको छ।

यसअघि काठमाडौंको तारकेश्वर र ललितपुरको नक्खुलगायतका क्षेत्रमा पालिकाएका स्थानीय कुखुरा र टर्कीमा बर्डफ्लु भेटिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्