लेटेस्ट न्युज
advertisement1

बलात्कार र महिला हिंसाविरुद्ध काठमाडौंमा बृहत् नागरिक आन्दोलन

Maryada News 2021-02-12 19:48:10
बलात्कार र महिला हिंसाविरुद्ध काठमाडौंमा बृहत् नागरिक आन्दोलन

काठमाडौं : महिलामाथि हुने हिंसा, विभेद र बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले शुक्रवार  ‘सिंहदरबार महिला मार्चपास’ गरेको छ ।

बसन्तपुरबाट सुरु भएको आन्दोलन रत्नपार्क–सिंहदरबार हुँदै माइतीघर मण्डलामा पुगेको थियो । विरोध -यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै आक्रोश पोखेका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन् ।

 मार्चपासमा कालो कपडा लगाएका महिलाहरूका साथै प्रतिकात्मक शव र मलामी पनि देखाइएको छ ।   बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्ट लगायतलाई न्यायको माग गरेका छन् । उनीहरूले दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

महिला हिंसाको विरोध र संसद पुनर्स्थापनाको माग गर्दै शिल्पी थिएटरका कलाकारले नाकट मञ्चन गरेका थिए भने आभा फर क्रियटिभिटीले पर्फमेन्स आर्ट प्रस्तुत गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्