काठमाडौं : साताको अन्तिम दिन सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । बिहीबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९१ हजार सात सय रुपैयाँ पुगेको हो। अन्तराष्ट्रिय बजारमा बढेको मूल्यका कारण नेपाली बजार पनि प्रभावित हुनु मूल्य बढ्नुको एक मात्र कारण रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तेजाबी सुनको मूल्य ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावल सुनको कारोबार मूल्य ९० हजार एक सय रुपैयाँ प्रतितोला थियो । यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ मात्रैले बढेको छ । हिजो १३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३३० रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया