झापाः जिल्लाकाे भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर निधन भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजे गस्तीमा रहेको अवस्थामा ठाकुर चट्याङ लागेर घाइते भएका थिए।
तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पुर्याउँदा चिकित्सकले निधन भइसकेको जानकारी गराएका थिए। ४७ वर्षीय मृतक प्रहरी सहायक निरीक्षक ठाकुर भारतसँगको सीमा क्षेत्र आसपास साइकल गस्तीमा निस्किएका थिए।
हावाहुरी र भारी वर्षासँगै परेको चट्याङ ठाकुरलाई लागेको थियो। गस्तीमा खटिएका अरु प्रहरीहरू सुरक्षित रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।
प्रतिक्रिया