सप्तरीः टिपरको ठक्करबाट घाइते भएका सप्तरी सप्तकोशी नगरपालिका–९ निवासी देवनारायण खङ्गको आज बुधबार बिहान निधन भएको छ। नोबेल अस्पताल विराटनगरमा उपचाररत ५६ वर्षीय खङ्गको मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन्।
मृतक सप्तरीको साविक कमलपुर गाविस–२ का पूर्व सदस्य हुन्। सप्तरीको कञ्चनरूप नगरपालिकास्थित पडेमारा धार नजिक वैशाख ५ गते ना५ख ७५१७ नंको टिपरले साइकलमा सवार खङ्गलाई ठक्कर दिएको थियो।
प्रतिक्रिया