लेटेस्ट न्युज
advertisement1

वाग्मतीमा कारवाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्या धेरै

Maryada News 2021-04-23 21:15:10
वाग्मतीमा कारवाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्या धेरै

मकवानपुर : वाग्मती प्रदेशमा कारवाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्यामा वृद्धि भएको छ ।  विगतका समयमा प्रहरीले सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेपछि कारवाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने सङ्ख्यामा वृद्धि भएको हो ।     
     
वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार चालू आर्थिक वर्षको हालसम्ममा पुरस्कृत हुनेमा ६५१ तथा कारवाही हुनेमा २०३ प्रहरी अधिकृत तथा जवान रहेका छन् । कार्यालयले प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसहिंता कार्यादेश–२०७७ लाई कार्यान्वयनमा ल्याई कारवाही तथा पुरस्कृत गर्दै आएको छ ।     
     
यसैगरी आर्थिक प्रलोभन देखाई प्रहरीलाई घुस दिन खोज्ने एक हजार ८७० सवारीलाई कारवाहीको दायरामा ल्याएर रु १९ लाख ४५ हजार राजस्व सङ्कलन गरेको छ भने रु तीन लाख ४५ हजार घुस रकम फिर्ता गरेको छ । त्यस्तै प्रदेश प्रहरी कार्यालय मातहतका ४८ प्रहरी एकाइको भवन निमार्ण गरिएको छ भने २१ एकाइका भवन निर्माणाधिन अवस्थामा रहेको कार्यालयले जनाएको छ ।     
     
यसैगरी, अघिल्लो वर्षको तुलनामा गत वर्ष बन्द, हडताल, चक्का जामजस्ता घटनामा कमि आएको छ । गत वर्ष विभिन्न जिल्लामा नेपाल बन्दका दुई, आमहडतालका एक, चक्काजामका २४, धर्नाका ११, तालाबन्दीका २७, विरोध ¥यालीका ३१०, मशाल जुलुसका २८, आमसभा तथा कोणसभा ४७ वटा घटना भएको कार्यालयले जनाएको छ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्