काठमाडाैंः देशका शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेकाे हाे।
साेमबारकाे मन्त्रिपरिषद् बैठकले विद्यालयमा भाैतिक कक्षा बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। शनिबार बसेकाे सीसीएमसीकाे बैठकले वैशाखभर उपत्यकासहित अन्य शहरी क्षेत्रको विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो।
यसअघि स्वास्थ्य मन्त्रालयले देशभर कोरोनाभाइरस संक्रमण बढ्दै गएपछि बालबालिका उच्च जाेखिममा पर्ने भएकाले विद्यालय बन्द गर्न अनुराेध गरेकाे थियाे। यद्यपि निजी विद्यालयका छाता संगठनहरूकाे दबाबमा सरकारले विद्यालय बन्द गर्ने कि नगर्ने बारे टुंगाे लगाउन सकेकाे थिएन।
प्रतिक्रिया