लेटेस्ट न्युज
advertisement1

दुर्घटनामा दुईको निधन, सात घाइते

Maryada News 2021-04-11 13:09:24
दुर्घटनामा दुईको निधन, सात घाइते

चितवनः भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान अनियन्त्रित भई कल्भडको डिलमा ठोक्किएर पल्टँदा दुई जनाको निधन भएको छ। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यलय चितवनले दिएको जानकारीअनुसार निधन हुनेमा नाम, थर र वतन नखुलेका अन्दाजी ४५ र ५५ वर्षीय दुई पुरुष रहेका छन्। तीमध्ये ४५ वर्षीय पुरुषको घटनास्थलमै र ५५ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा निधन भएको हो।

घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चार जनाको उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ६८५९ नंको म्याजिक भ्यान आज बिहान ९ः३५ बजे दुर्घटनामा परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्