लेटेस्ट न्युज
advertisement1

उदयपुरका पाँच गाउँमा पहिलाे पटक बिजुली पुग्दा स्थानीय हर्षित

Maryada News 2021-04-02 11:38:02
उदयपुरका पाँच गाउँमा पहिलाे पटक बिजुली पुग्दा स्थानीय हर्षित

उदयपुरः वर्षाैंदेखि अन्धकारमा बस्न बाध्य भएका जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली पुगेकाे छ। बिजुली पुगेपछि त्यस क्षेत्रका जनता हर्षित बनेका छन्।

उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली पुगेको हो। उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतका अनुसार गाउँपालिकाको विकट पाँच गाउँ करिब एक सय ५० घरधुरीमा बिहीबार पहिलोपटक बिजुली पुगेको छ।

प्रदेश सरकारको रु एक करोड २० लाख र बलान सामुदायिक वनको रु सात लाख गरेर कूल रु एक करोड २७ लाखको बजेटमा ती दुर्गम गाउँमा बिजुली पुर्‍याइएकाे हो। पहिलोपटक बिजुली बलेपछि मैनीटारका ६७ वर्षीय गणेश अधिकारीले भने, “यस क्षेत्रमा बिजुली आउँछ भन्ने कुरा सपनामा पनि सोचेको थिइनँ तर आज सपना पूरा भयो, विपनामा नै बिजुली बल्यो विकास भनेको त यो पो हो।”

सिरहा लहान शाखाको बलान कद्माहा खण्ड हुँदै उदयपुर गढी गाउँपालिकाको ती दुर्गम गाउँमा पहिलोपटक बिजुली पुर्‍याइएकाे हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्