लेटेस्ट न्युज
advertisement1

ललिता निवास प्रकरण : तत्कालीन मन्त्रिपरिषद्‍को निर्णय झिकाउन सर्वोच्चको आदेश

Maryada News 2021-03-29 17:10:38
ललिता निवास प्रकरण : तत्कालीन मन्त्रिपरिषद्‍को निर्णय झिकाउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने मन्त्रिपरिषद्का निर्णयहरूको सक्कल झिकाउन आदेश दिएको छ । न्यायाधीश अनिल सिन्हा र हरि फुयालको संयुक्त इजलासले माधवकुमार नेपाल र बाबुराम भट्टराईको पालामा भएका मन्त्रिपरिषद्‍का विभिन्न निर्णयहरू झिकाउने आदेश दिएको हो ।

पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामाथि सुनुवाइ गर्दै सोमबार सर्वोच्चले यस्तो आदेश दिएको हो ।

ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाएपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्